ओखलढुंगाका एकल महिलाले लगाए रातो पहिरन

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका-९ का एकल महिलाले परम्परालाई चुनौती दिँदै रातो पहिरन लगाएका छन्। एकल महिलाले रातो कपडा लगाउनु हुँदैन भन्ने मान्यता तोड्दै यहाँका महिलाहरू रातो पहिरनमा सजिएर भेला भएका हुन्।एकल महिलाहरुलाई रातो पहिरनसहित सम्मान गर्ने नमुना महिला समूहले आयोजना गरेको कार्यक्रममा ३५ भन्दा बढी एकल महिलाहरुलाई रातो पहिरनले सम्मान गरिएको छ। महिला समूहले रातो पहिरन अनि रातै दोसल्ला पहिराएर  यहाँका एकल महलाहरूलाई सम्मान गरेको हो।एकल महिलाहरुलाई १ हजार ५ सय रूपैयाँ  र