सबै विरोधीले सुनिराखुन्, एमालेले ८४ मा एकल बहुमत ल्याउँछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं.२०८४ को चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। ‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भने, ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छ

सम्बन्धित सामग्री

आगामी चुनावमा एकल बहुमत आउँछ : ओली

एमाले अध्यक्ष केपी ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेको छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत...

आगामी चुनावमा एकल बहुमत ल्याउने गरी एमाले अघि बढ्छ: शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले आउँदो २०८४ को संघीय चुनावमा एकल बहुमत ल्याउने गरी अघि बढ्ने रणनीति बनाएको बताएका छन् ।

कांग्रेसको एकल बहुमत पुग्ने गरी सिट बाँडफाँट हुनुपर्छ : कोइराला

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नु पर्ने बताएका छन् । वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा गरेको विचार गोष्ठीमा उनले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको भन्दै उनले त्यसका लागि कांग्रेसले […]

जिल्ला समन्वय समिति निर्वाचन : बाँकेमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति बाँकेको निर्वाचनमा नेपाली कांग्रेसको एकल बहुमत पुग्ने भएको छ । यहाँ आठ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरि १६ जना मतदाता छन् ।समितिको...

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो । छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि […]

चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा […]

निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने केपी ओलीको दावी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।”

जापानको सत्तारुढ पार्टीलाई एकल बहुमत

काठमाण्डाै - जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो । महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ । यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ । ६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापा...