सुपारी र मरीच भित्र्याउन भटाभट अनुमति

विदेशी विनिमय सञ्चितिमा चाप परेर अन्य सामग्रीमा कडाइ गरिएका बेला सरकारले सुपारी, केराउ र मरीच आयातका लागि धमाधम अनुमति दिन थालेको छ । मन्त्रिपरिषद्ले यी सामग्रीको आयात खुलाउने निर्णय गरेलगत्तै ५३ वटा आवेदन परेकामा ६ कम्पनीले अनुमति पाइसकेका छन् । अन्यको उत्पादन क्षमता, बजार, विगतमा आयातजस्ता पक्ष विश्लेषण भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

उद्योगले आयात गर्ने सुपारी, मरीच र केराउमा पनि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने

काठमाडौँ । अब उद्योगहरुले सुपारी, मरीच र केराउ आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा पनि शतप्रतिशत नगद मार्जिन (धरौटी रकम) राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले यसअघि नै दुई पटक गरी ६७ उपसमूह अन्तर्गतका करिब १४ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । तर, […]

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समिति सुपारी आयात खुलाउने सरकारी निर्णयविरुद्ध उभिएको छ । संघीय प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयातको इजाजत रोक्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योग र वाणिज्य सचिवसमेतको उपस्थितिमा बुधवार समितिमा छलफल गरी देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्रा सञ्चिति घटेका बेला सुपारी आयात जरुरी नरहेको निष्कर्षका साथ यस्तो निर्देशन दिइएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । ‘सुपारी आयातको इजाजतपत्र जारी नगर्न मन्त्रालयलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने निर्णय पनि गरेको छ ।’ समितिले सुपारी आयातमा संलगन उद्योगमा गएर गर्ने र फर्किएपछि थप छलफल गर्ने सभापति श्रीवास्तवले बताए । केराउ र मरीच आयातमा भने समस्या नरहेको समितिको बुझाइ छ । नेपाली कांग्रेसका सांसद् प्रकाश रसाइली सुपारी आयातको सरकारी तथ्यांकबारे मन्त्रालयका जिम्मेवार अधिकारीले झूट बोलेको बताउँछन् । ‘हामीलाई चाहिने सुपारी कति हो, माग गरिएको कति छ भनेर हामीले सरकारी धारणा मागेको थियौं,’ रसाइलीले भने, ‘कर्मचारीले विवरण लुकाएर ढाँटे ।’ हुँदै नभएको तथ्यांक देखाएर कर्मचारीले झूट बोलेपछि तत्काललाई सुपारी आयातको इजाजत रोक्न निर्देशन भएको उनले बताए । समितिका अन्य सदस्यले गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयातमा रोक लगाउनुपर्नेमा जोड दिएका थिए । मन्त्रिपरिषद्ले गत माघ अन्तिम साता सुपारी, मरीच र केराउ आयातको बाटो खुला गर्ने गरी निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही समयअघि राजपत्रमा यी वस्तु आयातको बाटो खुलेको सूचना छापिसकेको छ । आयातको प्रयोजन औद्योगिक भनिए पनि यी वस्तु चोर बाटोबाट भारत पुर्‍याइने बताइन्छ । तेस्रो मुलुकबाट सुपारी आयात गर्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिन्छ । सुपारीमा करोडौं रुपैयाँको चलखेल हुने र व्यापारीको सेटिङमा आयात खुला गरेको सरकारलाई आरोप लाग्ने गरेको छ । यसअघि पनि संसद्को दिगो विकास तथा सुशासन समितिले सुपारी, केराउ आयात गर्न दिने सरकारी निर्णय जनताको हितमा भएको बताएको थियो । समिति सदस्य रमेशजंग रायमाझी नेपालमा वार्षिक ४/५ हजार टन मात्रै सुपारी चाहिने भए पनि ठूलो मात्रामा आयात हुने गरेको बताउँछन् । भन्सार विभागको तथ्यांकले पछिल्लो समय सुपारी आयात बढेको देखाउँछ । बढ्दो सुपारी आयात रोक्न डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा २०७६ चैतमा परिणात्मक बन्देज लगाइएको थियो । पछि उक्त प्रतिबन्ध हटाइएको हो ।

केराउ, सुपारी र मरीच आयात खुला

लामो समयदेखि प्रतिबन्ध लगाइएको केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आव २०७८/७९ का लागि ती वस्तुको आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेको जनाएको छ । यससम्बन्धी अनुमति दिँदै बिहीबार राजपत्रमा सूचना प्रकाशन भएको छ ।

‘निहित इन्ट्रेष्ट’मा सुपारी, केराउ र मरीचको आयात खुला

काठमाडौँ । सरकारले व्यापारीको प्रभावमा सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । मन्त्रिपरिषद्को बैठकले सुपारी,मरीच र केराउलगायतका वस्तुको आयातमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै सो तथ्य बाहिर आएको हो । जनस्तरमा नदेखिने तर भित्रभित्रै अनेक धन्दा हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नै विभागीय मन्त्री रहेका बेला सो निर्णय […]

तस्करी हुने सुपारी, केराउ र मरीच आयात खुलाइँदै

तेस्रो मुलुकबाट अत्यधिक आयात गरी भारततर्फ तस्करी हुने गरेका सुपारी, केराउ, छोकडा र मरीच आयात खुला गरिने भएको छ । व्यापारी तथा बिचौलियाहरूको दबाबमा उद्योग विभागले एक कार्यविधि तयार पारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ ।

मरीच, केराउ र सुपारी आयातमा पूर्ण बन्देज !

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मरीच, केराउ र सुपारी आयातका लागि विदेशी मुद्रा सटही गर्न रोक लगाएको छ । पछिल्लाे समय आयात धेरै बढेका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले १७ असोजमा यस्ता सामानहहरु आयात गर्न विदेशी मुद्रा सटही नगर्ने गरी बैंक तथा वित्तीय […]

केराउ, सुपारी, छोकडा र मरीच आयातमा रोक

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरीच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका वस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ ।

केराउ, सुपारी, छोकडा र मरीचमा कोटा वितरण स्थगित

केराउ, सुपारी, छोकडा र नधुल्याएको मरीच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको सरकारले कोटा वितरण पुनः स्थगन गरेको छ ।

यस्ता चार बस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्द हट्यो

काठमाडौं । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा सरकारले उक्त वस्तु तोकिएको कोटामा मात्र आयात गर्न दिने निर्णण गरेको हो । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले कोटाका आधारमा उक्त चार वस्तुको आयात खुला गरिएको बताइन् ।यससम्बन्धी आवश्यक सूचना भने आउँदो सोमबारको राजपत्रमा प्रकाशन गरिने उ