२०७८ साल माघ महिनाको पहिलो सोमबार, मिथिलानगरी जनकपुरको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । झन्डै साढे पाँच हजार वर्षपछि पुनः जनकपुरधाम राजधानी घोषित भयो । अनि चार वर्षदेखि थाती रहेको प्रदेश नामाकरणको विषय टुंगिएर प्रदेश २ ले आफ्नो नयाँ नाम जुरायो - मधेस प्रदेश ।