नेपालमा ‘मौलिक’ अथवा ‘मौलिकता’ शब्दको प्रयोग बढ्दै गएको छ । बढ्दै जाने निश्चित पनि थियो ।
मौलिकता हाम्रो आदर्श हुनुपर्छ, चाहे त्यो अर्थतन्त्र होस् चाहे शिक्षा वा राजनीति । फरक विशेषता बोकेको समाज र फरक विशेषता बोकेको समस्याको अध्ययन गरेर निकालिएको समाधानका उपाय पृथक विशेषता बोकेको समाजमा लाद्न खोज्दा समस्याको समाधान होइन, उल्टो बल्झिनसक्छ ।
राणा शासन जस्तो जहानियाँ शासन व्यवस्थाको अन्त्य भइसकेपछि नेपाली समाज, नेपाली सभ्यता, संस्कृति र माटो सुहाउँदो राजनीतिक, आर्थिक, शैक्षिक र विकासको क्षेत्रमा ज...