देउवासँग बदला: प्रदेश सरकारमा रहेका गठबन्धनका मन्त्री हटाउने उपेन्द्र यादवको तयारी

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिने भएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका गठबन्धनका पार्टीका मन्त्रीहरुलाई हटाउने तयारी गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाले  आज बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका हुन्।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको हो ।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट गठबन्धनका मन्त्रीहरु हटाउन लागेका हुन् ।स्रोतका अनुसार मुख्यमन्त्री राउतले यस विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँग छलफल थालिसकेका छन् । छिट्टै गठबन्धनका मन्त्रीलाई हटाउने तयारी भईरहेको स्रोतको दाबी छ।  मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् । मधेश प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण, नेकपा एकीकृत समाजवादीका शत्रूधन महतो र प्रमोदकुमार यादव मन्त्री/राज्यमन्त्री छन् ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ बसेको हो । यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा सहभागी राप्रपाका लुम्बिनी प्रदेश सभामा ४ सांसद् रहेका छन् । राप्रपाले केन्द्रको निर्देशन बमोजिम प्रदेशसभामा तटस्थ बसेको […]

प्रदेश सरकारमा छिटै सहभागी हुन्छाैँ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ । मङ्गलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू सङ्घीय सरकारमा सत्तारूढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिटै सहभागी हुने बताउनु भयो । उहाँले सङ्घ र प्रदेश सरकार दुवैमा आफूहरूको भूमिका हुने उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामी ...

प्रदेश १ मा माओवादी केन्द्र सरकारमा नजाने

माेरङ – प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ। नेकपा एमालेका हिक्मतकुमार कार्कीकाे नेतृत्वमा गठन हुन लागेकाे सरकारमा आफूहरूले सहभागिता नजनाउन‍े माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले जानकारी दिए। उनका अनुसार एमालेले पछिल्लो निर्णय अपमानजनक गरेको हुँदा माओवादी सरकारमा नजाने निर्णय गरेकाे हाे। केन्द्रको गठबन्धनअनुसार आलोपालोमा प्रदेश सरकार चलाउने सहमति […]

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

२५ चैत, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास […]

मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री थप

मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ। प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ।...

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेललाई नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराएका छन् ।यस्तै,

प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुने

धनुषा । प्रदेश–२ को सरकारमा नेकपा एस सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको बताइएको छ । वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति […]

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं, भदौ २८ । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय लिएको छ । प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको […]

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने

महोत्तरी – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएकाे हाे ।  नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले उज्यालोसँग कुराकानी गर्नु हुँदै आफ्नै नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे उहाँले जा...