जीवनको उत्तराद्र्धको समय । झण्डै ८० दशकमा दौडिरहेको उनको पातलो शरीर । सेतै फुलेको कपालमाथि प्रायः लगाउने भादगाउँले टोपी ।
उनीसँग कुराकानी गर्दा जोशिलो आवाज प्रस्टसँग सुनिन्छ । उनी हुन्, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ का वडाध्यक्ष भीमसेन कर्मचार्य ।
भैरहवाको ४५ डिग्रीसम्मको तातो गर्मीले भीमसेनको शरीर पाके पनि जनताको सेवामा उनी कत्ति पनि थाकेका छैनन् । जनकपथमा उनको एउटा सामान्य घर छ ।
उनी बिहान ८ बजेदेखि राति ८ बजेसम्म साइकलमै वडावासीको सेवामा खटिन्छन् । उनको अनुहार हेर्दा निष्ठाको राजनीति छचल्किन्छ । स...