दलहरूको महाधिवेशनको ताप सकिन नपाउँदै अहिले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन गर्ने गरी भएको टेण्डरको विषय छाएको छ । यसको केन्द्रमा वर्तमान पर्यटन मन्त्री प्रेम आले, पूर्व पर्यटन मन्त्री योगेश भट्टराई तथा बतास समूह देखिएका छन् । संग्रहालयका कार्यकारी निर्देशकले पूर्व मन्त्रीको मौखिक आदेश अनुसार प्रक्रिया अगाडि बढाइएको भनी प्रारम्भिक प्रतिक्रिया […]