काठमाण्डाै – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाऊ आदेश जारी गरी कार्यावधि थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसदबाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारल...