ऐतिहासिक महत्व जोगाएर सिंहदरबार पुनर्निर्माण : ज्ञवाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गर्ने बताएका छन् ।
विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो ।
आगामी माघ २ गते भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनर्निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । यही पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र कलेज र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निमाण गर्ने प्रब...
ऐतिहासिक महत्व बोकेका काभ्रेको बनेपा नगरपालिका–१० मा रहेको सेतो पाटी र मण्डनदेउपुर नगरपालिका–१० मा रहेको उमादेवी मन्दिरको पुनर्निर्माण सुरु भएको छ । ऐतिहासिक महत्व बोकेको बनेपाको सेतो पाटी र स्वस्थानी व्रत कथासँग जोडिएको उमादेवी मन्दिर जीर्ण र भूकम्पमा क्षति हुन पुगेपछि पुरातत्व विभागले पुनर्निर्माण सुरु गरेको हो ।
विभागको नियमित कार्यक्रम र भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण अन्तर्गत सेतो पाटी र उमादेवी मन्दिरको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढाएको हो । बनेपा नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले बनेपाको पुल बजार नजिक रहेको सेतो पाटी पुरातात्विक हिसाबले पुनर्निर्माण भईरहेको बताउनुभयो । ‘राणाकालमा निर्माण भएको ऐतिहासिक महत्व बोकेको सेतो पाटी पुरानै शैलीमा निर्माणको काम भइरहेको छ’ वडा अध्यक्ष खड्काले बताउनुभयो । उहाँले पुरानो पाटीमा रहेको ढोका, झ्यालहरु सोही अनुसार (पुरानै साइज)को हालिएको बताउनुभयो ।
रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भनिन थालेको थियो। ऐतिहासिक महत्व बोकेको देशकै जेठो विद्यालय भत्काएर चिनियाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न लागिएको हो। काठमाडौं महानगरपालिकामा यही पुस ३…