पार्टीको आन्तरिक लोकतन्त्र

लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।...

सम्बन्धित सामग्री

आफ्नो पार्टी सरकारमा जाने सम्भावनाबारे यसो भन्छन् रवि लामिछाने

यस पटकको निर्वाचनको प्रारम्भिक मतपरिणामले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीको रुपमा संसद प्रवेश गर्ने निश्चित भएको छ । उक्त पार्टी तेस्रो वा चौथो ठूलो पार्टी बन्ने देखिएको छ । यस सँगै उक्त पार्टी सरकारमा जान्छ वा जादैन भन्ने आम चासो छ । यस विषयमा पार्टी सभापति रवि लामिछानेले केहि संकेत गरेका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले संसदमा गईसकेपछिको भूमिका के हुने भन्ने बारे पार्टी भित्र छलफल हुन बाँकि रहेको भएपनि पार्टी सभापतिको हिसाबले आफ्नो पार्टीको भूमिका संसदमा एकदमै जिम्मेवार प्रतिपक्षको रुपमा रहनु पर्ने बताए । तर उनले सरकारमा जान सक्ने सम्भावना पनि रहेको बताए । तर त्यो खास परिस्थितिमा मात्र हुने उनको बुझाई छ । युवा पुस्ताले सरकार चलाएको खण्डमा , मेगा प्रोजेक्ट बनाउने सवालमा , जनताको जीवन स्तर उकास्ने, जनतालाई सेवा गर्ने सवालमा सल्लाह गरेर गठबन्धन बनेर जान सकिने उनले बताए।तर अहिले देश मा प्रतिपक्ष नै नभएको जस्तो अवस्था रहेकोले पार्टीको जोड प्रतिपक्ष मै रहेको उनले बताए । आफु सत्ताको खेलमा नलाग्ने तर कमिटेड क्याबिनेट बनेमा सरकारमा जान सकिने उनको भनाई थियो । उनले सरकार बनाउने र ढाल्ने खेलमा भने आफ्नो पार्टी नलाग्ने बताए । अहिलेको ट्रेण्डलाई पुराना राजनीतिक दलको अलोकतान्त्रिक अभ्यासबाट निराशा र आफुहरु प्रतिको आशाको रुपमा लिएको बताएका छन् । उनले पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो बनाएको र यो भनेकै नागरिकलाई बलियो बनाएको बताएका छन् ।

सुदूरपश्चिममा कांग्रेसलाई अझै बलियो बनाउँछु : सभापति बलायर

धनगढी : सुदूरपश्चिम नेपाली कांग्रेसका प्रथम निर्वाचित सभापति वीरबहादुर बलायरले पार्टीलाई अझै बलियो र एकढिक्का बनाएर लैजाने बताएका छन्।पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बलायरले पार्टीमा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्।‘नेतृत्व चयनका लागि हुने निर्वाचन नै हाम्रो पार्टीको आन्तरिक लोकतन्त्र हो। यसमा हामी कसैले पनि अन्यथा लिनु आवश्यक छैन,’ बलायरले भने, ‘पार्टी पंक्तिलाई मिलाएर एकढिक्का बनाएर लैजाने कुरा

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध : सभापति देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको […]

कांग्रेसको हस्तक्षेप र तदर्थवादले भुत्ते बन्यो नेविसंघ

देशको पुरानो लोकतान्त्रिक पार्टीको सबैभन्दा सक्रिय भातृ संगठनमा आन्तरिक लोकतन्त्र निकै कमजोर छ । समयमै महाधिवेशन गर्न नसक्ने, निर्वाचित कार्यसमितिलाई भंग गरेर मातृ पार्टीले तदर्थ समिति गठन गरिदिने र असन्तुष्ट पक्षले धर्ना, अनशन र समानान्तर कमिटी गठन गर्ने शृंखला नेविसंघका लागि परम्पराजस्तै बनेको छ

शेखर कोइराला पार्टी सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।  नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।  नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए ।