हामीले संविधान बनाएको आठ वर्ष भएको छ। त्यसमा हामी र राजनीतिक पार्टी कहाँ छौँ भन्ने कुराको चर्चा गर्नु अत्यन्तै सान्दर्भिक छ जस्तो लाग्छ। राजनीतिक पार्टीहरू प्रजातान्त्रिक छन् कि छैनन् भनेर धेरैको मनमा प्रश्न उठेको छ। पार्टीमा अन्तरिक लोकतन्त्र छ कि छैन ? अरुको पार्टीमा भन्दा हामीले हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र भनेर केलाई व्याख्या गर्ने भनेर […]
यस पटकको निर्वाचनको प्रारम्भिक मतपरिणामले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टीको रुपमा संसद प्रवेश गर्ने निश्चित भएको छ । उक्त पार्टी तेस्रो वा चौथो ठूलो पार्टी बन्ने देखिएको छ । यस सँगै उक्त पार्टी सरकारमा जान्छ वा जादैन भन्ने आम चासो छ । यस विषयमा पार्टी सभापति रवि लामिछानेले केहि संकेत गरेका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले संसदमा गईसकेपछिको भूमिका के हुने भन्ने बारे पार्टी भित्र छलफल हुन बाँकि रहेको भएपनि पार्टी सभापतिको हिसाबले आफ्नो पार्टीको भूमिका संसदमा एकदमै जिम्मेवार प्रतिपक्षको रुपमा रहनु पर्ने बताए । तर उनले सरकारमा जान सक्ने सम्भावना पनि रहेको बताए । तर त्यो खास परिस्थितिमा मात्र हुने उनको बुझाई छ । युवा पुस्ताले सरकार चलाएको खण्डमा , मेगा प्रोजेक्ट बनाउने सवालमा , जनताको जीवन स्तर उकास्ने, जनतालाई सेवा गर्ने सवालमा सल्लाह गरेर गठबन्धन बनेर जान सकिने उनले बताए।तर अहिले देश मा प्रतिपक्ष नै नभएको जस्तो अवस्था रहेकोले पार्टीको जोड प्रतिपक्ष मै रहेको उनले बताए । आफु सत्ताको खेलमा नलाग्ने तर कमिटेड क्याबिनेट बनेमा सरकारमा जान सकिने उनको भनाई थियो । उनले सरकार बनाउने र ढाल्ने खेलमा भने आफ्नो पार्टी नलाग्ने बताए । अहिलेको ट्रेण्डलाई पुराना राजनीतिक दलको अलोकतान्त्रिक अभ्यासबाट निराशा र आफुहरु प्रतिको आशाको रुपमा लिएको बताएका छन् । उनले पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो बनाएको र यो भनेकै नागरिकलाई बलियो बनाएको बताएका छन् ।