खाद्यान्न उत्पादन घट्दै

तातोपानी गाउँपालिका–७ का ६४ वर्षीय अमरसिंह रावतलाई अहिले गहुँको भित्र्याउने चटारो छ । जुम्लामा असारमा बारीबाट काटेर ल्याएको गहुँ–जौं को बाला असोज–कात्तिकमा चुटेर दाना निकाल्ने चलन छ ।

सम्बन्धित सामग्री

‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’

सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिवृद्धि गरी यस्ता पदार्थको सेवनलाई निरुत्साहन वा प्रतिबन्ध गर्नका लागि सुर्ती उत्पादनको साटो खाद्यान्न उत्पादन बढाउन र विज्ञापनमा रोक लगाउने अभियान चलाउनु नै यस दिवसको मुख्य उद्देश्य हो।

तिब्बतमा खाद्यान्न उत्पादनमा वृद्धि

चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२२ मा खाद्यान्न उत्पादन उच्च विन्दुमा पुगेको चीन सरकारले जनाएको छ। शुक्रबार सार्वजनिक सरकारी प्रतिवेदनअनुसार तिब्बत स्वशासित क्षेत्रको १२ औँ जनकाङ्ग्रेसको पहिलो अधिवेशनमा जारी प्रतिवेदनमा सन् २०२२ मा यस क्षेत्रको अन्न उत्पादन १० लाख सात हजार टन पुगेको, तरकारी उत्पादन नौ लाख ३० हजार टन र मासु, अण्डा र दूधको […]

खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घट्यो

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ । धानबाली उत्पादनमा आएको ८.७ […]

कर्णालीमा खाद्यान्न उत्पादन बढ्यो : राष्ट्र बैंक

कर्णाली – कर्णाली प्रदेशमा खाद्यान्न उत्पादन बढेको छ। तरकारीको उत्पादन भने घटेको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷७८ का अनुसार कर्णालीमा खाद्यान्न उत्पादन बढेको हो। उक्त प्रतिवेदनअनुसार खाद्य बालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशतले बढेर उत्पादनसमेत ६.५२ प्रतिशतले वृद्धि भएको छ। यहाँ धान र मकैको उत्पादन क्रमशः ३.८१ र ७.४५ प्रतिशतले बढेको […]

भारतमा खाद्यान्न उत्पादन बढ्ने प्रक्षेपण

एजेन्सी। भारतमा २०२०-२१ (फसल वर्ष) खाद्यान्न उत्पादन बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ। मनसुनले साथ दिएका कारण धान, गहुँ र दलहन उत्पादन वृद्धिको अनुमान गरिएको हो। २०२०-२१ मा खाद्यान्न उत्पादन बढेर ३० करोड ५४ लाख टन पुग्ने मन्त्रालयले बताएको छ। यो अघिल्लो वर्षभन्दा २.६६ प्रतिशत बढी हो। अघिल्लो वर्ष त्यहाँको खाद्यान्न उत्पादन २९ करोड ७५ लाख टन थियो।

खाद्यान्न उत्पादन खुम्चिँदै, परनिर्भरता चुलिँदै

काठमाडौं । लगातार ३५ वर्षदेखि प्रमुख खाद्यान्न बालीको उत्पादन खुम्चिँदा परनिर्भरता बढ्दै गएको छ । नेपालीका प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापरको उत्पादनमा ह्रास हुँदै गएको हो । सबैभन्दा धेरै फापरको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ । २०५८ सालमा सम्पन्न कृषि गणनालाई आधार मान्दा २०७८ सालको कृषि गणनासम्म पुग्दा खाद्यान्न उत्पादनमा ३० प्रतिशतले ह्रास आउने अनुमान गर्न सरिएको छ । तत्कालीन नेपाल सरकारले प्रमुख खाद्यान्न बाली चामल निर्यात गर्न २०३५ सालमा धान चामल निर्यात कम्पनी स्थापना गरेको थियो । सोही कम्पनीले बंगलादेश, भुटान र भारतमा चामल निर्यात गर्दथ्यो । २०७८ सालसम्म पुग्दा हाल प्रतिमहीना २ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको तथ्यांक छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा भारतबाट ३० करोड र अमेरिकाबाट ७ लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४/२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र ३ लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात भएको छ । कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान ६, मकै १२, गहुँ ६, कोदो १९, फापर ४० प्रतिशत, जौ ३५, तोरी १३ र कोषे बालीको उत्पादन २१ प्रतिशतले घटेको देखाएको छ । कृषि विज्ञले उत्पादन घट्नुको मुख्य कारण भूमिको खण्डीकरण, खेतीयोग्य जमीन बाँझो हुँदै जानु र खेतीमा आश्रित महिला वर्ग शहर पस्नुलाई प्रमुख कारण मानेका छन् । २०५८ सालको कृषि गणनाले १ करोड १० लाख कित्ता खेतीयोग्य जमीन खण्डीकरण भएकोमा २०६८ सालको कृषि गणनासम्म पुग्दा  यो १ करोड २० लाख कित्तामा टुक्रिएको उल्लेख छ । कुल खेतीयोग्य जमीनमा १० लाख हेक्टर जमीन बाँझो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।   कृषि गणना २०६८ अनुसार कुल खेतीयोग्य जमीन झण्डै ३१ लाख हेक्टर छ । त्यसमा झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले हालको जनसंख्यालाई धान्न मकैमा १३, गहुँमा १०, चामलमा १५ र आलुमा १० प्रतिशतले उत्पादन बढाउनुपर्ने बताएको राससमा उल्लेख छ । २०६८ सालको जनसंख्या वृद्धिदर २ दशमलव २५ हुँदा खाद्यान्नको वृद्धि दर ३ दशमलव ५ प्रतिशत थियो, जबकि सो समयमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो । वैशाख १९ गतेसम्म आइपुग्दा नेपालको जनसंख्या ३ करोड ३ लाख २४ हजार ४४८ रहेको अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ, अर्थात् २०७७/७८ मा कृषिको उत्पादकत्व दर भने झण्डै ४ प्रतिशत रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ ।

बन्द हुने अवस्थामा खाद्यान्न उद्योग

काठमाडौं, बैशाख २६ । कोरोना महामारीको प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो । दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योग विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा रहेका छन […]

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

काठमान्डाैं / गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई... The post गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना appeared first on Purbeli News.

खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । २ अर्ब रकम पुँजी संकलन गरी उत्पादन र व्यापारमूलक कार्य गर्ने लक्ष्यसहित बैंकको स्थापना भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो रकमको चामल आयात हुने गरेको छ । बैंकआफैंले खाद्यान्न, गेडागुडी, हरियो […]

खाद्यान्न उत्पादन गर्दै खाद्य बैंक

पहिलो प्राथमिकता अन्नबाली, क्रमशः अन्य उत्पादन पनि बढाइनेनिजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैंकले खाद्यान्न उत्पादन गर्ने भएको छ ।स्थानीय उत्पादनले माग धान्न नसकेर अर्बौं रुपैयाँको खाद्यान्न आयात भइरहेका बेला स्वदेशमै आत्मनिर्भर बन्नका लागि बैंकले खाद्यान्न उत्पादन गर्न लागेको हो ।चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी […]