नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताए । ‘आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ । त्यहीँ बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’ रातोपाटीसँग कुरा गर्दै बस्ने