प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्ति बस्नेत ६१३ मत ल्याएर सबैभन्दा अगाडि छन्। प्रारम्भिक मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह ४३४ मत ल्याएका छन्।
सुर्खेत, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो। प्रतिनिधिसभामा बस्नेतको यो तेस्रो पटकको जित हो।
सुर्खेत : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो।प्रतिनिधिसभामा बस्नेतको यो तेस्रो पटकको जित हो।
काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले एमसीसीका कारण असन्तुष्ट नेताहरु पार्टी छाड्न स्वतन्त्र रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी संसद्बाट अनुमोदन नभएको भए शान्तिप्रक्रिया, लोकतन्त्र, संधिानको रक्षाका साथै जनताको समृद्धिको जनआंकाक्षामा नराकात्मक प्रभाव पर्न […]
काठमाडौँ । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएकी हुन् । उनले भनेकी द्धन्, ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ।’
माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा !’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनपछि माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भइरहेको छ । अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेललगायतमा पनि संक्रमण पुष्टि भइसकेको छ ।
काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीको भोलिबाट सुरु हुने राष्ट्रिय सम्मेलनले नीति र विचार नयाँ बोक्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब पार्टीमा नयाँपन आउने पनि दाबी गरे । उनले अब सम्मेलनमा […]