काठमाण्डाै – अमेरिकाको संसद् भवन क्षेत्र (क्यापिटल हिल्स) मा हुन सक्ने सम्भावित हिंसात्मक घटनालाई ध्यान दिएर राजधानी वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराष्ट्रपति ट्रम्प समर्थकहरूले हिंसात्मक गतिविधि गर्ने सम्भावनाका आधारमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बीबीसीले जनाएको छ ।
मिलिसिया ग्रुपहरूले बिहीवार राजधानी वाशिङ्टनमा प्रदर्शन गर्ने योजना बनाएको र यसमा हिंसात्मक गतिविधि पनि हुने गुप्तचरको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएकाे सुरक्षा निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...