काठमाडौं : ‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ। त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन‚ छिट्टै यस विषयमा निर्णय हुनेछ‚’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार जनकपुर पुगेर भने। उनले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा समझदारी बनाएर विशेष खालको चुनावी मोर्चा वा पार्टी एकता संयोजन समिति बनाउनेबारे छलफल भइरहेको उनको भनाइ थियाे।