काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताउनुभएको छ ।
आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट पार्नुभएको हो । यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उहाँले त्यसको भने खण्डन गर्नुभयो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवाद...