फेरि ब्युँतिदै ‘समाजवादी केन्द्र’ बनाउने बहस

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच ‘समाजवादी केन्द्र’ बनाउने अभियानमा पार्टीका नेताहरू तीव्र रूपमा लागेका छन् । यो अभियानमा गोप्य रूपमा लागेका नेताहरूले ‘समाजवादी केन्द्र’ बनाएर आगामी निर्वाचनमा एमाले र काँग्रेसलाई टक्कर दिने प्रयास गरेका हुन् ।  त्यसका लागि पछिल्लो पटक तीनै दलका शीर्ष र दोस्रो तहका नेताहरूबीच घनीभूत ढङ्गले पटक पटक भेटवार्ता र संवाद भएका छन् । तर नेताहरूले यो विषयलाई गोप्य नै राख्न चाहेका छन् ।स्रोतका अनुसार आगामी मङ्सिर