ब्रेन ड्रेन

भनिन्छ हिजोआज देशबाट धेरै ब्रेन ड्रेन भैराछ । यसलाई रोक्नुपर्छ रे । प्रधानमन्त्री र अन्य नेताहरूले पनि यस्तै भनिराछन् । ब्रेनको अर्थ दिमाग हुन्छ । धेरैजना दिमाग भएकाहरू आफ्ना दिमाग बोकेर अर्को देशमा जान्छन् । यसलाई ‘ब्रेन ड्रेन’ भनिन्छ । यसमा चिन्ताको कुरो यो छ कि यी दिमागको उपयोग देशको हितका लागि भएन रे । तर मलाई त्यस्तो लाग्दैन । किनकि पत्रपत्रिकाहरूका आलेखहरू, टीभीमा हरेक पल कुर्लिरहेका ठूल्ठूला दिमागवालाहरू र अझ सामाजिक सञ्जालका भित्तामा पोखिएका भयंकर भयंकर ब्रेनवालाहरूको पोस्टहरू हेर्दा देशमा दिमागवालाहरूको कुनै कमी चैं छैन है ! हो, नेपालमा धेरै ब्रेन र ब्रेनी छन् । त्यसो त हाम्रा ठूला पदधारी राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, नेताहरूका बोली र व्यवहार आदिबाट पनि स्पष्ट हुन्छ कि ब्रेनका लागि उनीहरू नै काफी छन् । जति ब्रेन अर्थात् दिमाग बाहिर गए पनि देशलाई केही फरक पर्दैन । किनकि, यहाँ ज्ञानको सागर नै जो छ । फेरि देशमा जति बढी ब्रेन ड्रेन बढ्छ, देशमा त्यति रेमिट्यान्स पनि बढ्छ । त्यसैले ब्रेन ड्रेन हुँदा देशलाई फाइदै फाइदा छ त । त्यसमा थप कुरा के छ भने अलि अलि भएका दिमाग पनि बाहिरिएपछि बाँकी सबै हनुमान र अनुमान त हुन् नि । यसबाट देशमा धेरै ठूला ब्रेन भएकाहरूलाई झन् धेरै फाइदा पो छ त । ब्रेन ड्रेन आजको कुरा मात्र हैन । अरनिकोको पालादेखि चलेको चलन न हो । उहिले राणाकालमा ट्रेन चढेर ब्रेन ड्रेन हुन्थ्यो, अहिले जेट चढेर हुन्छ । तर एउटा सानो समस्या के छ भने हाम्रा नगरपालिका, महानगरपालिका, शहरी विकास मन्त्रालयतिर भने ‘ड्रेन’को अर्थ फोहोर भन्ने लाग्छ । डे्रनको सबन्ध ‘गटर’ अर्थात् ‘ढल’ वा ‘नाली’सँग छ । त्यसैले त चिन्ता केवल यत्ति छ कि यी हजारौं दिमागवाला वा ज्ञानी त छन् देशभित्रै । तर ती महानगरपालिकाका ड्रेन अर्थात् ‘ढल’ जस्ता नहुन् । जो ढल बनिसकेका छन्, त्यसको नतीजा त भयंकर हुन्छ, जुन हामीले भोगि पनि सकेका छौं । यदि, मन्त्री प्रधानमन्त्रीको बुताले भ्याउँछ भने देशमा भएका यी ब्रेनहरू र सत्तामा भएका ब्रेनहरूलाई ड्रेन बन्नबाट रोकेमात्र पनि पुग्थ्यो । छ त कोही माईका लाल यो कुरा बुझ्ने ?

सम्बन्धित सामग्री

ब्रेन ड्रेन कि रेमिट्यान्स ?

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले अझै साढे चार खर्बभन्दा बढीको व्यापार घा

बौद्धिक र श्रम शक्तिको पलायन रोक्नुपर्छ : ओली

झापा – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट पलायन भइरहेको बौद्धिक र श्रम शक्तिलाई रोक्न उद्यमशीलताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन् । झापामा नवनिर्मित दश मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना ‘झापा इनर्जी’को आज एक समारोहबीच उद्घाटन गर्दै अध्यक्ष ओलीले उद्यमशीलताको विकासका लागि ऊर्जा महत्त्वपूर्ण आधार हुने बताए । “ब्रेन ड्रेन र […]

ब्रेन ड्रेन कि ब्रेन गेन ?

नेपाली विदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा यसलाई ‘ब्रेन गेन’ भन्न सकिन्छ। ज्ञान आर्जन गर्न गएका विद्यार्थीलाई फिर्ता ल्याउन ब्रेन ड्रेनलाई निरुत्साहित गर्नुका साथै ब्रेन गेन गर्न उनीहरूलाई प्रोत्साहित गर्ने नीति बनाउन ढिलाइ गर्नुहुँदैन।

मध्य पूर्वमा प्रतिभा पलायनको समस्या अत्यधिक

साइप्रस । वर्षौंदेखि मध्यपूर्वका लगभग सबै देशहरूले अत्यधिक प्रतिभा पलायन (ब्रेन ड्रेन) को सामना गरिरहेका छन् । मध्यपूर्वी मुलुकहरूका उत्कृष्ट र मेधावी विद्यार्थी र वैज्ञानिकहरूको ठुलो हिस्साले आफ्नो देश सदाका लागि छोड्ने र विदेशमा आफ्नो

'ब्रेन ड्रेन' को समस्या समाधान गर्ने प्रदीप पौडेलको बाचा

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मुख्य समस्या हुन् : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा 'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मा मुख्य समस्या रहेको बताएका छन् । उनले यी समस्यालाई ‘बीसीडी’ भनेर व्याख्या गरे । काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्य पौडेलले शनिबार बिहान टोखामा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनबाट जनताले यी समस्याको समाधानको मार्गदर्शन गर्न सक्ने बताए ।

युक्रेन युद्धको प्रभाव– रुसमा आधुनिक इतिहासकै ठूलो ‘ब्रेन ड्रेन’

बीबीसी । रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि २ लाख बढी सर्वसाधारणले देश छाडेर गएको रुसी अर्थविद्हरुको रिपोर्ट छ ।  यसमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनलहरु भएको बताइएको छ । जसकारण रुसले आगामी दिनहरुमा ठूलो स्तरको ‘ब्रेन ड्रेन’ अर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ । उनीहरु सबै रुसी नीतिसँग...

कहालीलाग्दो ‘ब्रेन ड्रेन’

शिक्षा हरेक व्यक्तिको प्राकृतिक अर्थात् नैसर्गिक अधिकार हो। राज्यको अकर्मण्यताले समाजमा दुई वर्गका नागरिक उत्पादित भइरहेका छन्। यद्यपि शिक्षा अनि स्वास्थ्य जस्तो विषय राज्यको प्रमुख दायित्व अवश्य नै हो। शिक्षा जस्तो जीवनोपयोगी क्षेत्रमा दुई फरक धारमा राज्यले विभाजन गरी फरक फरक व्यक्तित्व उत्पादन गर्नु पक्कै पनि देशका लागि प्रत्युत्पादक हुने छ। हुनेखानेका सन्तान सुविधा सम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरिरहेका छन् भने गरिबीका रेखामुनि परेका विपन्न परिवारका नानीबाबु सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्। जसका कारण अहिलेको (ग्लोबल मार्केटमा) प्रतिस्पर्धाको युगमा विभिन्न असुविधाले पछि पर्दै छन्।