नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालमा 'ब्रेन ड्रेन, करप्सन र डेभलपमेन्ट' मा मुख्य समस्या रहेको बताएका छन् । उनले यी समस्यालाई ‘बीसीडी’ भनेर व्याख्या गरे । काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्य पौडेलले शनिबार बिहान टोखामा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनबाट जनताले यी समस्याको समाधानको मार्गदर्शन गर्न सक्ने बताए ।