काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । २० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपाली भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने सर्त राखिनुपर्ने उनको आग्रह […]