प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । उनले भने,"२० बर्षपछि कृत्रिम नागरिकताका लागि नेपाली भाषा जानेको हुनुपर्ने र परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्छ।"