आगलागीबाट रु १५ लाख क्षति

ताप्लेजुङ। फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ। फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो। राति करीब २ बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब १५ लाखको क्षति भएको गुरुङले बताए।