काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ। बिहीबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो। आज सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश फुयालको इजलासले अधिकारीमाथि अनुसन्धान गर्न गठन गरेको छानबिन समितिको औचित