मादक पदार्थ सेवन गरी कुटपिट, श्रीमतीको गयो ज्यान

काठमाडौं : ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै-झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित सामग्री

गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जना पक्राउ

गुल्मी : गुल्मीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई प्रहरीले  आइतबार पक्राउ गरेको छ।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ ठूलीचौरमा सराय नाच कार्यक्रमपश्चात मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।पक्राउ पर्नेमा मालिका गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय सन्तबहादुर थापा, २७ वर्षीय केशव खडका, २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, ३३ वर्षी

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका […]

झापामा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु

बिर्तामोड । सवारी दुर्घटना न्यीनकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु गरेको छ । जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन नै देखिएपछि ट्राफिक प्रहरीले दुर्घटना रोक्न यस्तो अभियान सुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले गर्नुभयो । […]

मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने, अरु के-के गर्न पाइँदैन ?

निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने जनाएको छ । बुधबार शुक्रबार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हाे ।यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका क

रुकुम (पूर्व) मा मादक पदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द

रुकुम (पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादक पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादक पदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो । बैठकले मतदानका दिन सबै मतदान स्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै  अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ

मादक पदार्थ सेवन गरेर स्थानीयलाई तर्साउँदा…

दाङ, २३ माघ । दाङमा मादक पदार्थ सेवन गरेर स्थानीयहरुलाई त्रसित गराउँदै आएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरमा स्थानीयलाई तर्साउदै आएका सन्तोष बस्याल, मनोज बि. क., पोषण ओली, बिबेक बस्नेत, अजिल मिया, केतु ओली र मोहन बस्नेत पक्राउ परेका हुन् । प्रहरीले उनिहरुको साथबाट प्रहरीले लाइटर, खुडा, […]

मादक पदार्थ सेवन गरेर आफ्नै आमाको हत्या

पाल्पा, १० मंसिर । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका–८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खबर प्राप्त […]

कास्कीमा मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या

कास्कीमा मादक पदार्थ सेवन गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मंगलबार बिहान माछापुच्छ्रे गाउँपालिका वडा नं –२, बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा मृत्यु हो । श्रीमानले लोहोरो प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।घटनापछि घटनास्थलमा खटिएको प्रहरीको टोल

मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकविरुद्ध कारबाही

जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ ।