स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला, कानुन र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको ‘म बाट महिलावाद’ नामक कार्यक्रममा ‘मेरो शरीर, मेरो अधिकार यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ नाराको विभिन्न माध्यमबाट व्याख्या गरिएको थियो ।कार्यक्रममा खापुङले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो