सेयर बजार घट्दा ९ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो
११ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो …
१२ चैत, काठमाडौं । सेयर बजार घटिरहँदा पनि सर्वोत्तम सिमेन्टको मूल्य विगत ४ कारोबार दिनदेखि १० प्रतिशतका दरले बढेको छ । सोमबार पनि कम्पनीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । गत मंगलबारबाट कम्पनीको कारोबार सुरु भएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा सुरु भई सो दिन बन्द हुँदा मूल्य […]
५ चैत, काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा बढेर बन्द भएको छ । यस दिन अन्तिम ४० मिनेटपछि बजार सम्हालिएको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २ : २० बजे २०६० अंकसम्म झरेको थियो । त्यसपछिको ४० मिनेटमा बजार ३ अंक बढेर […]
९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य […]
८ फागुन, काठमाडौं । सेयर बजार घट्दा पनि दुई कम्पनीको मूल्य केही महिनादेखि नै दैनिक १० प्रतिशतका दरले बढ्दै गइरहेको छ । बजार बढोस् वा घटोस् यी दुई कम्पनीको मूल्यमा केही महिनादेखि कुनै असर परेको छैन । ती हुन् समाज लघुवित्त र बोटलर्स नेपाल । समाज लघुवित्तको १ साउनदेखि बजारमा कारोबार सुरु भएको हो । […]
२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ । टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । […]
काठमाडौं। निषेधाज्ञाको घोषणासँगै सेयर बजार ९२ अंकले बढेको छ। निरन्तर घट्दै आएको बजार आज मंगलबार एकै दिन झण्डै १०० अंकले बढेको हो। बजारमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढ्दा कारोबार भएका सबै समूह बढेका छन्। आज सबैभन्दा बढी माथिल्लो तामोसीको सेयर मूल्य १० प्रतिशत बढेको छ।