वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेनन्

२२ पुस, जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएको तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिए । आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो […]

सम्बन्धित सामग्री

मुस्ताङमा हिमपात : वर्षासँगै जाडो बढ्यो

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिमपात भएको छ । बुधवार बिहानदेखि यो वर्षकै पहिलो हिमपात भएपछि मुस्ताङबासी खुशी भएका छन् । बदलिँदो मौसमसँगै हिमपात हुँदा स्थानीय कृषक तथा पर्यटक हर्षित भएका हुन् । तल्लो क्षेत्रमा पनि हल्का हिउँ पर्न थालेको र चिसो अत्यधिक बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ । तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ । हिउँदयाम सकिएर गर्मीयाम शुरू हुने समयमा मुस्ताङमा हिमपात भएको हो । गर्मीयाम शुरू भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमीनमा जम्न सकेको छैन । हिमपातले डाँडा र खर्क सेताम्मे बनेका छन् । हिमपात बढ्दै गएमा बुधवार रातीसम्ममा मुस्ताङ हिमपातले ढाकिएर सेताम्मे बन्न सक्ने स्थानीयबासीको अनुमान छ । मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । हिउँ परेपछि कृषकहरू समेत खुशी भएका छन् । हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमीन सुख्खा भएर खेतीसमेत फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाईंको लागि राहत भएको कृषकहरूको भनाइ छ । हिमपातले मुस्ताङका कृषकलाई आशिंक राहत दिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । स्याउ बगैंचा र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ ।

पाँच महिनापछि पानी पर्दा किसान खुसी

म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, […]

वर्षा न हिउँ

हिउँद सकिन लाग्दासम्म हिमपात नहुँदा लेकाली डाँडाकाँडा र हिमशृंखला उराठलाग्दा भएका छन् । पुसपछि हिउँले सेताम्मे देखिने हिमाली डाँडा यसपालि फुस्रा देखिएका छन् । वर्षा र हिमपात नहुँदा सिँचाइ नपुगेर हिउँदे बाली चक्र नै प्रभावित भएको छ । हिउँखोलाका जलस्तर र पानीका मूल सुकेका छन् । नदी–खोलाको जलस्तर घट्दा विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव

गलेश्वर । विगत छ महिनादेखि वर्षा नहुँदा र हिमाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीको बेँसी क्षेत्रदेखि उच्च लेकाली क्षेत्रमा पालिएका पशुलाई चरनको अभाव भएको छ । लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । वर्षा नहुँदा […]

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न […]

सुदूरपश्चिममा हिमपात, राजमार्ग अवरुद्ध (फोटो)

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।  उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो।   बैतडीको सिगास, ढोल्यामोड, खोडपे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्र लगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुसी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन्। वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गए

हिउँदे वर्षा अझै अनिश्चित

यो वर्षको मध्यहिउँद हुँदासमेत हिउँदे वर्षा र राम्ररी हिमपात भएको छैन। वर्षा र हिमपात नहुँदा प्रदूषणले पर्यावरणीय अवस्थिति गुम्सिँदै गएको मौसमविद्हरूले बताएका छन्। यस वर्ष जुम्ला र सुदूरपश्चिमका हिमाली भेगमा बिहीबार पहिलो पटक हल्का हिमपात भएको छ। हालसम्म हिउँदको वर्षाका रूपमा नेपालमा ०.१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। वरिष्ठ जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले भन्नुभयो, “मनसुन बाहिरिएयता झन्डै साढे तीन महिना सुक्खाजस्तै रह्यो। अझै पनि वर्षा राम्ररी हुने जलवाष्पयुक्त प्रणाली नेपालमा भित्रिन सकेको छैन।”

स्याउका बिरुवा काटछाँट गरिँदै

यो हिउँदमा किसानले सोचेजस्तो न त वर्षा भयो न हिमपात नै भयो । समयमै वर्षा र हिमपात हुने हो भने कृषकका स्याउ बगैंचामा प्रशस्त स्याउ फल्ने, हिउँदे बालीको उत्पादन पनि राम्रो हुन्थ्यो भने किसानमा खुसी छाउथ्यो । तर यस वर्ष माघ महिना सकिन लाग्दासमेत जिल्लामा हिमपात र वर्षा नभएकाले कृषकमा चिन्ता छाएको छ । हिमपात नहुँदा स्याउ उत्पादन र हिउँदे बाली उत्पादनमा कमी आउने भएकाले किसान चिन्तित भएका हुन्।