बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो। बैतडीको सिगास, ढोल्यामोड, खोडपे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्र लगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन्।यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुसी भएका सिगासका लक्ष्मी शाह चन्दले बताइन्। वर्षा र हिमपात नहुँदा बालीनाली सुक्दै गए