कतारको घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष बर्खास्त, युरोपकै खराब घटनाको रुपमा व्याख्या

कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ । कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस खुवाएको आरोप लागेपछि युरोपभर खलबली मच्चिएको बीबीसीले जनाएको छ । कतारको घुस लिएको आरोपमा बेल्जियम प्रहरीले युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीसहित चार जनालाई पक्राउ गरेको छ । चारै जनालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । कतारको घुस लिएको आरोप लागेकोहरुबाट बेल्जियम प्रहरीले ६ लाख युरो बरामद गरेको छ भने उनीहरुका कम्प्य...