काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ । आयोगले आज शुक्रवार एक विज्ञप्ति निकालेर एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवारमाथि कारबाही गरेको जानकारी दिएकाे हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका उम्मेद...