तालतलैयाले भरिपूर्ण कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा देखिएको किसानको आकर्षणले माछाका भुराको माग बढ्दो छ । तर, प्रदेश सरकारमातहतको कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले भने मागअनुसार भुराको उत्पादन बढाउन सकेको छैन । केन्द्रले...
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा प्रेमिका बनेर मायाजालमा फसाउनेहरूबाट समाजका लब्ध प्रतिष्ठित नै फस्ने गरेका छन् । सामाजिक सञ्जाल मार्फत नजिक भएर विभिन्न पेशा, व्यवसायमा संलग्नदेखि स्कुल, कलेजमा पढ्ने युवालाई काठमाडौंको विभिन्न रेस्टुरेन्टमा भेटघाटको लागि बोलाई अनेक झुठा आरोप लगाई मुद्दामा फसाइ दिने डर देखाउँदै पैसा असुल्ने अपराध दिनप्रतिदिन बढ्दो छ । ५ महिनाभित्र […]
नेपालमा उत्पादनमूलक उद्योगहरू अपेक्षा गरिएअनुसार स्थापना हुन र स्थापना भएका उद्योगहरू निरन्तर सञ्चालनमा आउन सकेका छैनन् । सरकारले बनाएका नीतिहरू अस्थिर हुनुका साथै उद्योगमैत्री नभएका कारण उद्योगहरू राम्ररी सञ्चालन भइरहन नसकेको अवस्था छ । यसमा विभिन्न कारण छन् जसको खोजी र समाधान हुनु अनिवार्य देखिन्छ ।
उद्योगहरूले सरकारलाई राजस्व तिर्ने, रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग गर्ने भएकाले सरकारले धेरैभन्दा धेरै उद्योग खुल्ने र सहज रूपमा चल्ने वातावरण बनाइदिनु आवश्यक हुन्छ ।
भारततिरको खुला सिमाना र त्यहाँबाट हुने निर्बाध आयातका कारण प्रतिस्पर्धामा टिक्न नसकेर थुप्रै उद्योग बन्द भएका छन् । तीमध्ये बिस्कुट उद्योग पनि एक हो । उस्तै मूल्यमा भारतबाट आयात गरिएको अन्तरराष्ट्रिय ब्रान्डका बिस्कुट बजारमा पाइएपछि उपभोक्ताले नेपाली उत्पादन छाडेर ती उत्पादन उपभोग गर्नु स्वाभाविक नै हो । बिस्कुटमात्रै होइन, अन्य धेरै खालका उत्पादनहरूले पनि यस्तै खालको समस्या भोगिरहेका छन् । पछिल्लो समयमा नेपालको पुरानो ब्रान्ड पशुपति बिस्कुट कारखानाले स्टक बढी भएको र बजारमा माग कम भएको भन्दै उत्पादन बन्द गरेको छ । यस अघि नै थुप्रै बिस्कुट उद्योग भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बन्द भइसकेका छन् ।
नेपाली कपडा, कागज, प्याकेजिङ उद्योग लगायतले पनि यस्तै समस्या भोग्नु परिरहेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भएका नाताले विदेशी उत्पादनलाई रोक लगाउन मिल्दैन । त्यस्तै विदेशी उत्पादनलाई एन्टीडम्पिङ र काउन्टरभेलिङ शुल्क लगाउन पनि सहज छैन । यस्तोमा नेपाली उद्योगलाई बचाउने हो भने प्रतिस्पर्धी बनाउनुको विकल्प देखिँदैन ।
नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादन लागत घटाउनुपर्ने हुन्छ । उद्योगको लागत घटाउन सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्छ । कच्चा पदार्थ र सहायक पदार्थको उत्पादन स्वदेशमै गर्न तथा सकेसम्म स्वदेशी कच्चा पदार्थ नै उपयोग गर्न प्रोत्साहित गर्नुपर्छ । यस्ता वस्तुको आयातमा आवश्यक भए भन्सार छूट दिनुपर्छ । त्यस्तै विद्युत् आपूर्ति नियमित तथा सस्तो बनाउने नीति लिइनुपर्छ । विद्युत् सस्तो हुनेबित्तिकै नेपालका धेरैजसो उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढ्छ । त्यसैले बढीभन्दा बढी विद्युत् उत्पादन गर्ने नीति सरकारले लिनुपर्छ र यसका लागि निजी क्षेत्रलाई लगानी गर्न सहज बाटो बनाइदिनुपर्छ । औद्योगिक प्रतिष्ठानहरूका लागि दक्ष जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा र सीप पनि त्यतिकै आवश्यक हुन्छ । श्रमसम्बन्ध नेपाली उद्योगहरूले वर्षौंदेखि झेल्दै आएको अर्को समस्या हो ।
बैंकबाट लिने कर्जा पनि महँगो भएको उद्योगी तथा व्यवसायीले गुनासो गर्दै आएका छन् । अहिले त तरलता अभावले त्यही महँगो कर्जा पाउन पनि मुश्किल छ । यति मात्र नभई नयाँ उद्योग खोल्नका लागि जग्गा किन्न शुरूमै ठूलो लगानी गर्नुपर्ने अवस्था छ । यस्ता तमाम समस्यामा नेपाली उद्योग, व्यवसाय रुमल्लिरहेका छन् ।
उद्योग खोल्ने र सहज रूपमा सञ्चालन हुने वातावरण बनाउने काम सरकारको हो । उद्योगहरूले सरकारलाई राजस्व तिर्ने, रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग गर्ने भएकाले सरकारले धेरैभन्दा धेरै उद्योग खुल्ने र सहज रूपमा चल्ने वातावरण बनाइदिनु आवश्यक हुन्छ । उद्योग खुल्नै नसक्ने र खुलेका उद्योग पनि अनेक अवरोधले सञ्चालन हुन नसक्ने हो भने नेपाली अर्थतन्त्र कमजोर मात्रै बन्दैन, यसले अन्ततः देश नै विफल हुन बेर लाग्दैन । तर, नेपालमा व्यवसायीका धेरै गुनासा छन् जसलाई सरकारले सम्बोधन गर्न नसकेको पाइन्छ । देश सबल र सफल हुन तथा आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन अर्थतन्त्र बलियो हुनुपर्ने भएकाले सरकारले उद्योग, व्यवसायले भोगिरहेका समस्याबारे गम्भीर रूपमा सुन्नुपर्छ/थाहा पाउनुपर्छ । तर, अहिले सरकारी व्यवहार उद्योगमैत्री भएको पाइँदैन । उद्योग मैत्री नीतिका लागि सामान्य सुधार पनि महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा बुझ्न जरुरी हुन्छ । कम्तीमा उद्योग मैत्री नीतिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकियो भने उद्योग सञ्चालनमा सहजता भएर अहिलेको बढ्दो व्यापारघाटा घटाउन पनि उत्तिकै मद्दत पुग्छ ।
देशमा अवसर नहुँदा हरेक दिन सयौं युवा विदेश पलायन भइरहेका छन् । दक्ष र अदक्ष दुवै युवाशक्ति अवसरको खोजीमा बिदेसिने क्रम बढ्दो छ, जसले गर्दा मुलुकमा युवाशक्तिको कमी हुँदै गएको छ । अन्य क्षेत्रमा झैं उद्योग–व्यवसाय क्षेत्रमा पनि युवा पलायन हुन थालेका छन् । स्वदेशमै केही गर्ने लक्ष्यका साथ विदेश अध्ययन गरेर फर्किएका युवासमेत मुलुकमा […]
भौगोलिक हिसावले नेपालको मध्य भागमा रहेको चितवनले उद्योग, वाणिज्य विकासको क्षेत्रमा फड्को मारेको छ । देशका विभिन्न भागबाट उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न चितवन आउने क्रम पनि बढ्दो छ । बितेका २ वर्षमा कोरोना संकटबाट यहाँका उद्योग, व्यवसाय, कृषि तथा पर्यटनका क्षेत्र नराम्ररी थिलथिलो भयो । कुखुरा पालनको क्षेत्रमा प्रतिदिन साढे २ करोड र होटल व्यवसायमा प्रतिदिन १ करोड घाटा बेहोरेको यहाँको कृषि तथा उद्योग क्षेत्रले कोरोना संकट कम भएसँगै बिस्तारै गति लिँदै छ । प्रस्तुत छ– चितवनको उद्योग
साउन ५, धनकुटा । पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ । यसै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुशेटारका स्थानीयले सामूहिक बाख्रापालन गरिरहेका छन् । पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका किसानले अहिले सामूहिक रुपमै उन्नत जातका बाख्रापालन गरिरहेका छन् ।
कुशेटारका २१ घरपरिवारले सामूहिक बाख्रापालन व्यवसाय गर्दै आएका छन् । २१ घरपरिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन् ।
बाख्रापालन व्यवसायमा अधिकांश युवा वैैदेशिक रोजगारबाट फर्केका छन् । उनीहरुले वैदेशिक रोजगारमा भन्दा राम्रो कमाइ भइरहेको बताएका छन् ।
कुशेटारका देवि नेम्बाङ आजकाल प्रायः बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उनको दैनिकी हो । उनीसहित गाउँका २१ परिवारले ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ नामको सामूहिक बाख्रा समूह खोलेपछि उनीहरुको दैनिकी बाख्रा फार्ममै बित्ने गरेको छ । नेम्बाङको खोरमा ६० ओटा भन्दा बढी बाख्रा रहेका छन् । गाउँमै व्यावसायी बन्न बाख्रापालन रोजेको उनी बताउँछन् ।
चितवन र मकवानपुरबाट उन्नत बोयर जातका बाख्रा खरीद गरेर ल्याएको नेम्बाङले जानकारी दिए । बाख्रापालनका लागि उनले ६० लाख बढीको लगानी भएको छ । २२ वर्षसम्म शिक्षक पेशामा आवद्ध नेम्बाङले माछापालन, लेयर्स कुखुरा र सुँगुर पालन पालन पनि गरेको बताउँछन् । माछापालन र सुँगुर पालन व्यवसायमा सोचेजस्तो आम्दानी नभएपछि बाख्रापालनमा लागेको उनले बताए ।
६ वर्ष अगाडिबाट शुरु गरेको बाख्रापालनकै लागि ३५ रोपनी जग्गामा घाँस खेती गरिरहेको नेम्बाङले बताए । नेम्बाङले खरी, जमुनापारि हुँदै बोयर बाख्रा पालन गरिरहेको बताउँछन् । ‘बाख्रापालनबाट परिणाम आइसक्ने बेला भएको छैन’, नेम्बाङले भने, ‘२१ घरमा बाख्रा पालन गरिरहेका छौँ, समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।’ नेम्बाङले युवा पुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।
कुशेटारकै ४३ वर्षीय अशोक याख्याको फर्ममा अहिले ४० ओटा बाख्रा छन् । उनी बाख्रापालनमा लागेको ७ वर्ष भएको छ । रोजगारीको शिलशिलामा ९ वर्ष मलेसिया, बहराइन डेढ वर्ष याख्याले गाउँमा फर्केपछि सुँगुर पालन गरेको बताउँछन् । उनले बाख्रापालनका लागि ४ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन् । बाख्रापालन व्यवसायबाट वार्षिक साढे ५ लाख रुपैयाँ भन्दा बढी कमाइ भइरहेको याख्खाले बताए । उनले बाख्रापालनको लागि खोरमा मात्रै ३ लाख लगानी भएको बताए ।
‘विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ’, याख्खाले भने, ‘अब यही पेशालाई निरन्तरता दिँदै परिवारसँग रमाएर बस्ने हो ।’ उनले थप्दै भने ‘घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्ने रहेनछ, आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्ने रहेछ ।’
कुशेटारमा बाख्रा पालनका लागि ठाउँ पनि उपयुक्त भएकोले त्यहाँका मानिसले यो पेशा रोजेका हुन् । पुख्यौली रुपमा बाख्रापालन गर्दै आएका किसान व्यावसायिक बनेका छन् । २१ परिवारले प्रतिपरिवार मासिक ५० हजारदेखि ३ लाखसम्म आम्दानी गरिरहेका छन् । विदेश जानेलाई रोक्न सकिन्छ कि भन्ने हेतुले समूहमा बाख्रापालन शुरु गरेको र सरकारी अनुदान भन्दा आफैँ सक्षम बन्नेतर्फ लागेको रातमाटे घाँसी बोयर बाख्रापालन समूहका अध्यक्ष झप्टमान अधिकारीले बताए । अहिले २१ घरको बाख्रा फर्ममा करीब १ हजार भन्दा बढी बाख्रा रहेका छन् ।
कुशेटारका केही युवा विदेश जाने सोचलाई त्यागेर र विदेशबाट फर्केर बाख्रापालनमा लागेको समूहका अध्यक्ष अधिकारीले बताए । ‘केही युवा विदेश जाने सोच त्यागेर बाख्रापालनमा लागेका छन’, अधिकारीले भने आर्थिक अवस्था कमजोर भएकालाई समूहका एक सदस्यबाट १० देखि १५ हजार सहयोग गरेर खोर बनाउने काममा सहयोग गर्दै आएका छौं ।’
कुशेटारका बाख्रा फार्ममा अहिले ३ लाख रुपैयाँसम्म पर्ने बोयर जातका बोका रहेका छन् । ‘यहाँको कमाईले हरेक सदस्य पूर्णरुपमा सन्तुष्ट भएको पाएको छु’, अधिकारीले भने ‘आम्दानीलाई दोब्बर बनाउने गरी थप काम गर्ने तयारीमा रहेका छौं ।’ २१ घरले बाख्रापालनका लागि करीब २ करोड रुपैयाँ बढी लगानी गरेको अध्यक्ष अधिकारीले बताए । बाख्रापालनका लागि यस आर्थिक वर्षमा साँगुरीगढी गाउँपालिकाले समूहलाई १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
धनकुटा : पछिल्लो समय धनकुटामा बाख्रपालन व्यवसायमा आकर्षण बढ्दो छ। यसै क्रममा साँगुरीगढी गाउँपालिका ३ कुशेटारका २१ परिवारले सामूहिक बाख्रापालन गरिरहेका छन्। पहिले एक्लाएक्लै स्थानीय जातका बाख्रा पाल्दै आएका उनीहरुले अहिले सामूहिक रुपमा उन्नत जातका बाख्रापालन गरिरहेका छन्। २१ घरपरिवारले भिन्दाभिन्दै कृषि फर्म दर्ता गरेर उन्नत जातका बाख्रापालन गरिरहे पनि ‘रातमाटे घाँसी बोयर बाख्रापालन समूह’ गठन गरेका छन्। बाख्रापालन व्यवसायमा अधिकांश युवा छन्। वैदेशिक रोजगारबाट फर्केका उनीहरुल
जेठ २४, चितवन । करीब तीन वर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले झनै थला परेको छ ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । निशेधाज्ञा अघि घरजग्गा कारोबारले बामेसर्न थालेपनि हाल निशेधाज्ञापछि भने कारोबार, कर्जाका काम तथा अंशवण्डाको काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो ।
जसले गर्दा जग्गा व्यवसायीले करौडौं रकम ब्याज तिर्न सकेका छैनन् भने घरजग्गाको भाउमा पनि वृद्धि हुन नसकेको व्यवसायीले बताउँदै आएका छन् ।बिक्रमबाबा हाउजिङ्ग कम्पनीका अध्यक्ष लेखराज पन्त कित्ताकाट बन्द भएका कारण र कोरोनाको कारण घरजग्गा व्यवसायी घर न घाटको अवस्थामा पुगेको बताउँछन् । ‘एक त कित्ताकाट बन्द छ, अर्कोकुरा कारोबार पनि छैन, भाउपनि छैन’, उनले भने ।
बैंकको ब्याजको तुलनामा जग्गाको भाउ कम हुँदा आफूहरु थप थलिंदै गएको उनले बताए । हाल जिल्लाका मालपोत कार्यालयमा अंशवण्डा, केही रजिष्ट्रेन पास र कर्जाका लागि जग्गा रोक्का गर्न नपाउँदा व्यवसायीलाई मात्र नभई सेवाग्राही र सरकारलाई समेत असर परेको छ ।
प्रभु हाउजिङ्ग कम्पनीका अध्यक्ष एवं नारायणी घरजग्गा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कार्की घरजग्गा व्यवसायलाई सरकारले व्यवसायको रुपमा नहेर्दापनि यो क्षेत्र तहसनहस भएको बताए ।
‘घरजग्गा क्षेत्रमा व्यवसायीको आकर्षण पनि छ, हरेक नागरिकको लागि आवश्यक क्षेत्र पनि हो’, उनले भने, ‘सरकारले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउँदा यस क्षेत्र धराशायी हुँदै गएको हो ।’ उनले सरकारले नेपालबाट गिटी बालुवा पैठारी गर्न नीति बनाउंँछ तर भू–उपयोग नीति भने लागू गर्न नसकेको बताए ।
आर्थिक गतिविधि ठप्प हुँदा र मानिसको क्रयशक्ति क्षमतामा ह्रास हुँदा पनि घर जग्गा कारोबारमा शिथिलता आएको हो । यो क्षेत्र करोडौंको रुपैयाँ लगानी हुने क्षेत्र र अन्तरनिर्भर व्यवसाय पनि हो ।
घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र चलायमान बनाउँदैन यसले राजस्व संकलनको साथै अन्य व्यवसायलाई पनि गति दिनका लागि सहयोग गर्दछ ।
‘घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र प्रभाव पार्देन चितवन गुराँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक दिनेशकुमार चुके भन्छन, ‘यसक्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने होटल,यातायात तथा बैकिङ्ग क्षेत्रलाई पनि चलायमान बनाउँछ ।’
विगत केही वर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायलाई कोरोनाका कारण मालपोत कार्यालय बन्द हुँदा थप समस्या परेको उनले बताए ।
यसक्षेत्रलाई उकास्न र घरजग्गामा सबै नागरिकको पहुँच बनाउन भूउपयोग नीति र सरल किस्ताबन्दी र सहुलियत ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने उनको बुझाइ छ । अघिल्लो वष भन्दा कोरोना कहरपछि झण्डै ८० प्रतिशतसम्म घरजग्गा कारोबारमा कमी आएको उनले बताए ।
निशेधाज्ञाले राजस्व संकलनमा पनि असर
चितवनमा निशेधाज्ञाका कारण गत वैैशाख १७ गतेदेखि जिल्लाका मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा पनि असर परेको छ । प्राय दैनिक भीडभाड हुने सरकारी कार्यालय भित्र पर्ने यो कार्यालयमा निशेधाज्ञा कारण झण्डै डेढ महीनादेखि कार्यालय सञ्चालन आउन सकेको छैन । एकातिर राजस्व संकलनमा असर परेको छ भने अर्कोतिर सेवाग्राहीको काम समेत प्रभावित भएको छ ।
मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारी निशेधाज्ञाका कारण मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा ठूलो असर पुगेको बताउँछन् । ‘मासिक १८ करोड रुपैयाँसम्म राजस्व उठ्ने यो कार्यालयमा अहिले बन्द हुँदा संकलन शून्य छ’, उनले भने ।
कार्यालयका अन्य आन्तरिक काम पनि हुन नसकेको र अन्य कर्मचारी पनि जोखिमका कारण कार्यालय जान नसकेको उनले बताए । आर्थिक वर्ष अन्त्यको समय आएकोले र यसलाई लयमा फर्काउन आंशिक रुपमा भएपनि कार्यालय सुचारु गर्नुपर्ने उनको भनाइ छ ।