काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिकलाई फिर्ता गरेको निर्णयको बचाउ गर्नु भएको छ । तालिबानसँग नसकेर अमेरिका पछि सर्याे भन्ने आराेप लागिरहेकै बेला राष्ट्रपति बाइडेनले त्यसकाे बचाउ गर्नुभएकाे हाे ।
उहाँले अफगानिस्तानमा लामो समय बस्नुकाे अब कुनै महत्व नरहेकाले सेनालाई फिर्ता बोलाएको बताउनु भएको छ । अफगानिस्तानमा अमेरिकी सैनिकको २० वर्षे उपस्थिति अन्त्य भएको भोलिपल्ट हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्ना सैनिकले एक लाख २० हजार भन्दा धेरैको उद्धारका लागि विमान...