काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले आउँदो स्थानीय तहको उपनिर्वाचनमा सक्रिय रूपमा भाग लिने निर्णय गरेको छ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पार्टीभित्र चुनावी रणनीति तय गर्न प्रारम्भिक छलफल सुरु भएको जानकारी दिए।
लामिछाने...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ । रास्वपाको केन्द्रीय समितिको सोमबार बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने तर इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो । …
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।
सोमबार काठमाडौँमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जान...
प्रदेशहरु राज्यको भारमात्र भएकाले यसका सबै संरचना खारेज गर्नुपर्ने माग गर्दै संचारकर्मी रवी लामिछानेको नेतृत्वमा गठन भएको “राष्ट्रिय स्वतन्त्र पार्टी”ले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । निर्वाचन आयोगले आउँदो ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ र साउन ३१ गते दल दर्ताको कार्यतालिका सम्पन्न भैसकेको छ …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ ।
पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकको निर्णयानुसार प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भिडियो सन्देशमार्फत जानकारी गराएका छन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको महत्त्वपूर्ण निर्णयानुसार यसपटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ ।
पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने सो पार्टीका अध्यक्ष रवि लामिछानेले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।