नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्र सुस्ता गाउँपालिका–५ बनकट्टी टुटहा खोला नजिकै सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। प्रतापपुर गाउँपालिका–६ का करिब २२ वर्षीय विनाश राजभर घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टामा गोली लागेको छ। बुधबार बिहान केही युवाहरु भारततर्फ जान खोजेको तर निषेधाज्ञा भएका कारण जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए। यही कारण ती युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ। विवादपछि अविनाशसहित केही य