काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अहिले इतिहासकै जीवन र मृत्युको दोसाँधमा उभिएको टिप्पणी गरेका छन्। पार्टी एकतापछिको पहिलो महाधिवेशन उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै लिङ्देनले भने, ‘राप्रपाको मुद्दा अहिले सर्वाधिक लोकप्रिय बनेको छ। हिन्दु राज्य र राजसंस्थाको पक्षमा ठूलो माग भइरहेको छ। पछिल्लो दुई वर्षमा महाधिवेशनबाहेक पार्टी राष्ट्रिय राजनीतिमा हरायो।’दुई वर्षमा पार्टीको चल्ने शैली हेर्दा पार्टी कमजाेर बन्ने उनको भन