म्याग्दी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको चुनावमा सिराहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न पालिका चुनावमा चितवनमा आफ्नी छोरी रेणु दाहाललाई...