स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ देखि आजसम्ममा १४ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको जानकारी दिएको छ । हैजा पुष्टि भएका पहिलो बिरामीको घर तथा कार्यस्थलबाट भण्डारण गरिएको जारको पानी, जमिनको पानी, धाराको पानीको नमुना परीक्षण गर्दा ‘कोलिफर्म’ भन्ने जीवाणु भेटिएको थियो ।