सुन्दरी चोकलाई परम्परागत स्वरूपमा फर्काइँदै

ललितपुर :  लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ। पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये सुन्दरी चोक सबैभन्दा कलात्मक चोक रहेको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए। परम्परागत भित्ताहरु जस्ताको तस्तै छाडेर र भुइँमा लिपपोत गरेर सङ्ग्रहालयलाई परम्परागत स्वर...

सम्बन्धित सामग्री

मिस अर्थमा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’ (तस्वीर)

काठमाडौ । भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् । भियतनामको होचि मिन्ह सहरमा भैरहेको प्रतिस्पर्धामा परम्परागत पोशाक, […]

पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

विदेशी थर भएकी, नेपाली भाषा राम्ररी बोल्न नसक्ने युवती कसरी नेपालको सुन्दरी भइन् भन्ने जिज्ञासा एकातर्फ थियो । अर्कोतर्फ, हामीले आजसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा देखेकाभन्दा फरक जिउडाल छ उनको । उनी ‘वेभर वेट’ छिन् । सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्डमा ‘मोटो शरीर’ भएका युवतीलाई सुरुमै खारेज गरिन्छ ।

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय

जुम्ला– कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् । त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ । मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख […]

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय

जुम्ला – कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन्।  मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन्। त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन्। मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ। मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख आम्दानी हुने गरेको छ। […]

विसं २००४ सालकै जस्तो निर्वाचन

नेपालमा वैशाख ३० गते स्थानीय तहको चुनाव परम्परागत तरीकाले सम्पन्न भयो । जबकि आधुनिक प्रविधि प्रयोग गरेर यसलाई सहज, सरल र प्रविधिमैत्री बनाउन सकिन्थ्यो । इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गरेको भए मत गणनामा खर्च हुने समय कम भई करोडांै खर्च कम हुन्थ्यो । प्रत्येक चुनावमा किनिने गरेका हजारौं मतपेटिकाको खर्च बच्ने थियो । निर्वाचन आयोगले प्रत्येक भोटरलाई एउटा युजर आईडी दिएर एक ठाउँमा मात्र भोट हाल्न मिल्ने, यो आईडी चुनावको दिन बिहान ७ बजेबाट ५ बजेसम्ममात्र खुल्ने व्यवस्था गर्ने हो भने चुनावका लागि ज्यानको बाजी लगाएर मतदान स्थलमा धाउनुपर्ने नै थिएन । विगतका र यसपटकको चुनावमा केही पार्टीको तामझाम हेर्दा सम्पत्ति शुद्धीकरण गरेर कालो धन चुनावमा खर्च भएको छ । त्यसबाहेक समय बढी लाग्ने एउटा चुनावका लागि महीनौंको मेहनत लगाएर मतपत्र छाप्न भन्दा घरबाट नै भोटहाल्ने प्रविधि विकास गर्न अब ढिला गर्न हुँदैन । स्थानीय निर्वाचन भनेको कुनै देशको सबैभन्दा सानो तहमा सरकार निर्माण गर्न गरिने निर्वाचन हो । निर्वाचनले औपचारिक रूपमा सरकार निर्माणका लागि प्रतिनिधि छनोट गर्छ । निर्वाचन भनेको जनतामा निहित अधिकार कुनै व्यक्तिमा केन्द्रित गर्ने कानूनी प्रक्रिया हो । प्रतिनिधि छनोट गर्दा कहिलेकाहीँ चुक हुन सक्छ र एकपट छानिएपछि पदाधिकारीहरू स्वेच्छाचारी र गैरजिम्मेवार हुन पनि सक्छन् । त्यसैले आवधिक रूपमा निर्वाचन हुने गर्छ । तर, अलिकति प्रविधि सुधार गरेर ज्यादै सजिलो तरीकाले चुनाव सम्पन्न गर्न सकिन्छ । रोम र एथेन्समा पोप र होली रोमन इम्पेररहरू छान्नका लागि चुनाव गरिन्थ्यो । राजनीति वा प्रजातन्त्रका लागि निर्वाचनको शुरुआत लगभग ५०८ बीसीमा ग्रीसबाट भएको थियो । प्रविधिगत सुधार आर्थिक अनैतिकता रोक्ने औजार हो । महिलालाई मतदानको अधिकारसहितको आधुनिक चुनाव यूरोप र अमेरिकाबाट भएको हो । नेपालको संविधानले बहुलवादलाई स्वीकार गरेकाले चुनावमा विभिन्न व्यक्ति प्रतिस्पर्धीका रूपमा उठेका हुन्छन् । अनेक राम्रा पक्ष भए पनि स्थानीय निर्वाचन महँगो र भड्किलो भएको कुरा कसैबाट लुकेको छैन । हालै फ्रान्समा राष्ट्रपतीय चुनाव भयो । त्यहाँ कुनै उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले दोस्रो चरणको मतदान भयो जसमा पहिलो चरणका मुख्य २ प्रतिस्पर्धीले मात्र भाग लिए र इमायल म्याक्रोले चुनाव जिते । नेपालमा अहिलेसम्मको इतिहास हेर्दा प्रतिस्पर्धी धेरै भएमा अरूले भन्दा थोरै बढी मतले ल्याए पनि जितिन्छ । यस्तोमा २० जना उम्मेदवार छन् र सबैले ५ प्रतिशत मत बराबर रूपमा पाएमा त्यसमध्ये १ मत बढी ल्याउनेले चुनाव जितेर जान्छ । यहाँ अनिवार्य रूपमा ५० प्रतिशत मत पाउन जरुरी हुँदैन । यसको अर्थ मत जुन पार्टीबाट जिते पनि पदमा पुगेपछि सबैका लागि समान तरीकाले निष्पक्ष भएर काम गर्नुपर्छ भन्ने मान्यता तीनओटै तहको निर्वाचनको हुन्छ । स्थानीय तहको निर्वाचन नेपालमा पहिलो पटक विसं २००४ जेठ ३ गते काठमाडौं म्युनिसिपालिटी चुनाव भएको थियो । त्यतिबेला प्रजातन्त्र स्थापना नभएकाले महिलाले मतदान गर्न पाएका थिएनन् । पहिला नेपालमा महिलाको अधिकार थियो । त्यसैले राजेन्द्रलक्ष्मी, ललितत्रिपुरा सुन्दरी, राज्यलक्ष्मीले नायबी चलाएका थिए । तर, आधिकारिक रूपमा चुनावमा उठ्न वा उत्तराधिकारी बन्न पाएका थिएनन् । २०१० माघ १७ गतेको नगरपालिका निर्वाचनमा महिलाले पनि मताधिकार पाएका थिए । यसैगरी २०१४ माघ ७ मा भएको निर्वाचनमा मिडियाको पनि व्यापक प्रयोग भएको थियो । २०१५ सालको संसदीय निर्वाचन नेपालको सरकार फेर्ने हैसियतको पहिलो निर्वाचन थियो । त्यसपछि लगत्तै २०१७ पुस १ गते प्रजातन्त्रको अपहरण भयो । २०१८ फागुन ७ गते गाउँपञ्चायतको निर्वाचन भयो । सम्भवत: गाउँगाउँमा फैलिएको यो नै पहिलो स्थानीय निर्वाचन थियो । संघीयताअन्तर्गत व्यापक अधिकार भएको स्थानीय पालिकाको निर्वाचन २०७४ सालमा पहिलोपटक भयो, दोस्रो निर्वाचन वैशाख ३० गते । विडम्बना २००४ को चुनाव र आजको चुनावको तरीका उस्तै छ । संघीयताका कारणले बढ्दो बजेटको आकार र स्थानीय तहको भौगोलिक आकार बढेको कारणले नीतिगत निर्णय गर्ने सामान्य सांसदभन्दा कार्यकारी अधिकार भएको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षको पद अहिले बढी आकर्षक भएको छ । पहिलो स्थानीय पदाधिकारीले अधिकांश ठाउँमा राम्रो काम गरेका छन् । जस्तै हड्पिएका जग्गाहरू सरकारले फिर्ता लिन सकेको छ । स्थानीय सडक पुल, कुलो पँधेरोको राम्रो प्रबन्धन भएको छ । प्रतिपक्षले चनाखो भएर वाचडगका रूपमा हेर्ने भएकाले भ्रष्टाचार पनि कम भएको छ । परन्तु जति हुनुपर्दथ्यो त्यो भएको छैन । हुनु के पर्दथ्यो भन्ने यस विषयमा आआफ्ना तर्क होलान् । तर, स्थानीय सरकारले बाँझो जमीनमा उपयुक्त बाली लगाई जनतालाई रोजगारी दिने, त्यहाँको अवस्था सुहाउँदो उद्योग खोलेर निर्यात व्यापारलाई सहयोग गर्ने जनता जो जुन उमेर समूहका भए पनि उनीहरूलाई रोजगारी दिने काम गर्ने र उत्पादनलाई निर्यात गर्न नेपालका लगभग ७०० स्थानीय तहले भटमास र तोरीको खेतीमा जोड दिन सक्ने हो भने अझै पनि नेपालीको अवस्था फेरिन बढी समय लाग्दैन । खानेतेल र नुट्रेलाको माग विश्वव्यापी रूपमा बढेको छ । यो उत्पादनको बजार सजिलै पाउन सकिने भएकाले यस विषयमा सबै स्थानीय तह र संघीय सरकार लाग्ने हो भने आउने विसं २०८४ को तेस्रो स्थानीय निर्वाचनमा नेपाल र नेपालीको अवस्था समुन्नत हुनेछ । त्यो समुन्नतिको केही उपलब्धि अर्को चुनावको खर्चले शून्यमा झर्ने देखिन्छ । यही कुरालाई ध्यानमा राखेर अबको चुनावलाई सस्तो र सभ्य बनाउन लाइनमा नबसी घरबाट नै मत दिन मिल्ने व्यवस्था गरौं । आखिर प्रविधि विकास भएकै छ सोच परिवर्तन गरी कार्यान्वयन गरौं । लेखक कैलाशकूट बहुमुखी क्याम्पसका व्यवस्थापन विषय अध्यापन गर्छन् ।

कङ्क्रिट भएर उठ्तैथ्यो जिरी

जिरी एउटा थियो । फोटा तीन थिए । छोरीका फोटामा जिरी अग्र्यानिक अप्सराझैँ लाग्दथ्यो । डिम्पल देखाएर सुन्दरी मुस्कुराएझैँ लाग्थ्यो । परम्परागत घरहरू थिए । झिँगटीका छनाहरू थिए । काठका दलीन थिए । बुर्जा थियो । रातो माटोले लिपेका ओसारीहरू थिए । जिरेल पोसाकहरू साँच्चि मनमोहक थिए । पहाडमा हिँउ निकै राम्रो, निकै राम्रो मनमोहक थियो ।

मोदीलाई भेटेपछि के भनिन् विश्वसुन्दरीले ?

विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् । परम्परागत पोशाकमा सहभागी २० वर्षीय सुन्दरी मानुषीले प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडी ट्वीट गर्दै भनेकी थिइन् 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कुराले उत्साहित छु …

मिस वर्ल्डको ओसन परेडमा मिस नेपालको प्रस्तुति :: Pahilopost.com

चीनको सान्यामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सुन्दरी नीकिता चाण्डक माहेश्वरी परम्परागत पहिरनमा चिमेलङ ओसन परेडमा सहभागी भएकी छिन्। तीन किलोमिटरको बाटोमा प्रतिस्पर्धी सुन्दरीहरु नाच्दै हिँडेका