काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर चोकमा बढी पैदल यात्रुको चहलपहल हुने भएपछि आकाशे पुल बनाउने योजना सडक डिभिजन कार्यालय काठमाडौंले तीन वर्ष अघि बनायो। सोही योजनाअनुसार आकाशे पुल निर्माणका लागि डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भयो।आकाशे पुल निर्माणका लागि चार करोड रुपैयाँमा सम्झौता भएको हो। सम्झौता अनुसार आकाशे पुल २०७६ पुस मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने हो। तर‚ म्याद सकिएको आठ महिना भइसक्दा पनि निर्माण सकिएको छैन। यो अवधिमा