काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्।प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन्।गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। संविधानको