कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nd...