कास्की - सत्ता गठबन्धनकातर्फबाट पोखराको उपमेयरमा नेपाली कांग्रेसका सुरेन्द्रमान बिजुक्छेले उम्मेदवारी दिनुहुने भएकाे छ ।
कांग्रेस पोखरा महानगरका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयरमा उठाउने निर्णय कांग्रेसले गरेको हो ।
गठबन्धनको भागबन्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो। त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ ।