प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् । जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले रातोपाटीलाई बताए ।‘उहाँले गठबन्धन छाड्नुभयो । सत्ता गठबन्धनबाट बाहिरिएर विपक्षी गठबन्धनमा गइसकेपछि उहाँहरुले राजीनामा दिँदा सहज हुन्छ । प्रधानमन्त्री कार्यालयले उहाँहरुको राजीनामा माग्छ ।’ जसपाका मन्त्रीहरुले राजीनामा नदिए प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट हटाउने कांग्रेसका ती म