काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै उहाँले वनको सदूपयोग गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो ।
सामुदायिक वन दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्याएकाे बताउनुभयाे । सामुदायिक ...