प्लाष्टिकको प्रयोगले कुमाल समुदायको पेसाको संकटमा पर्दै

२८ असोज, गुल्मी । बजारमा भित्रिएका आधुनिक प्रविधिका भाडाले यतिबेला कुमाल समुदायको माटाका भाडा बनाउने पेसा संकटमा पर्न थालेको छ । गाउँघरमा लोप हुँदै गएको माटाका भाडा बनाउने पेसालाई संरक्षण गर्न कुमाल समुदायले प्रयास भने जारी राखेका छन् । इस्मा गाउँपालिका-६ बुल्मका पदम मुखियाले पुर्ख्यौली पेसा संरक्षण गरिरहेका छन् । मुखियाले बुल्म प्रगतिशील सेरामिक्स उद्योग […]

सम्बन्धित सामग्री

कुमाल समुदाय चौतर्फी मारमा

गुणस्तरीय माटोको अभाव एवं बिचौलियाले सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कुमाले समुदायको परम्परागत पेसा संकटमा परेको छ । महाभारतकालीन बर्जु तालभन्दा दक्षिणपट्टिको बस्तीमा २ सय ५० घर कुमाल समुदायका छन् ।

माटो झिक्न प्रतिबन्धले कुमाल समुदायको पेशा संकटमा

विराटनगर । बाउबाजेको पालादेखि माटो निकाल्दै भाँडा बनाउने काम गर्दै आएका कुमाल समुदायले बर्जु ताल क्षेत्रबाट माटो झिक्न नपाएपछि माटोका भाँडा बनाउने पेशा संकटमा परेको छ । परम्परागत पेशा छाडेर युवाहरू वैदेशिक रोजगारीमा जान थालेका छन् भने प्रौढहरूले कृषि र अन्य व्यवसाय अपनाउन थालेका छन् । माटो नपाउनु एउटा समस्या त छ नै, माटो पाइए पनि माटोको भाँडामा आफूहरूले भन्दा बिचौलियाले बढी रकम कमाइरहेको गुनासो समेत उनीहरूको छ । कुमाल टोलका किसुन कुमाल दुई छोरी र एक छोरासहित पाँचजनाको परिवार पाल्न बिहानैदेखि माटोका भाँडा बनाउँछन् । माटोको भाँडा विक्रीबाट हुने कमाइले उनको परिवारको खर्च मुश्किलले धानेको छ । बर्जु तालभन्दा दक्षिणपट्टि रहेको कुमाल समुदायमा अहिले २५० घरपरिवार छन् । तर सबैले माटोको काम गर्दैनन् । पछिल्लो समय बर्जु ताल संरक्षण समितिले तालमा पानी जमाएर चरा संरक्षण क्षेत्र तथा पिकनिक स्पटको रूपमा प्रवर्द्धन गर्न थालेको छ । सोहीकारण ५ वर्षयता त्यस क्षेत्रको माटो निकाल्न प्रतिबन्ध लगाइएको छ । १९७० सालदेखि बसोवास गर्दै आएका कुमाल समुदायले पहिले ताल क्षेत्रबाट जति पनि माटो झिक्न पाउँथे । पछिल्लो समय माटो झिक्न लगाइएको प्रतिबन्ध र अन्य क्षेत्रको माटोबाट बनाइएका भाँडा विक्रीमा समेत समस्या भएपछि यो पेशाबाट पलायन हुनेहरू बढेका छन् । ‘पहिले माटोको भाँडाको विक्री राम्रो थियो । पछि प्लास्टिकका भाँडाले माटाका भाँडाको प्रयोग घट्दै गएको छ,’ स्थानीय जगदीश पण्डितले भने । माटोको अभाव, बजारमा बिचौलियाको प्रभाव र युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि कुमाल समुदायको पेशा संकटमा परेको पूर्वशिक्षक तथा स्थानीय योगनारायण पण्डितले बताए । भाडा बनाउने आधुनिक मेशिन, पूँजी र बजारको अभावले कुमालेहरू परम्परागत पेशाबाट विमुख हुँदै गएको उनको ठहर छ । सहज रूपमा माटो पाउने, पूँजीको व्यवस्था हुने, सरकारले बिचौलियारहित बजारको व्यवस्था मिलाउने हो भने यही पेशाबाट कुमाल समुदाय आत्मनिर्भर हुने उनले बताए । माटो सहज रूपमा पाउन छाडेपछि किन्नुपर्दा अहिले एक ट्रली माटोको ५०० रुपैयाँ पर्छ । काँचो भाँडा पकाउन दाउराको प्रतिक्विन्टल १ हजार रुपैयाँ पर्छ । तर यसमा मेहनतको समेत हिसाब गर्दा नाफा नहुने स्थानीय रामदेव पण्डितले बताए । बर्जु गाउँपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरीले परम्परागत पेशा संरक्षण गर्ने राज्यको नीति नै भएकाले आफूहरूले तालको संरक्षणसँगै ताललाई कुनै असर नपुग्नेगरी कुमाल समुदायलाई नि:शुल्क माटो दिन अध्ययन गरिरहेको बताए । बर्जु गाउँपालिकाका अध्यक्ष जीवसकुमार रायले कुमाल समुदायको परम्परागत पेशाको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने बताए ।

आधुनिकताले कुमाल समुदायको पुर्ख्यौली पेशा संकटमा, बिक्री हुन छाडे माटाका भाँडा

जलेश्वर : प्रदेश नम्बर २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुमाल समुदायको माटाका भाडा बनाउने पुर्ख्यौली पेशा हाल संकटमा पर्न थालेको छ। परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुमाल समुदाय आधुनिकतासँगै आफूले