गुणस्तरीय माटोको अभाव एवं बिचौलियाले सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कुमाले समुदायको परम्परागत पेसा संकटमा परेको छ । महाभारतकालीन बर्जु तालभन्दा दक्षिणपट्टिको बस्तीमा २ सय ५० घर कुमाल समुदायका छन् ।
४ असार, गोरखा । सिरानचोक गाउँपालिका–४ चोरकाटेका भेषबहादुर कुमाल आफ्नो बाउबाजेले माटाका भाँडाकुँडा बनाएको कहिल्यै थाहा पाएनन् । जिजुबाजेको पालामा बनाउने गरेको सुनेका उनी पनि आफ्नो पुर्ख्यौली पेशामा संलग्न भएनन् ।
जब गाउँपालिकाले गाउँमा माटाको भाँडा …
काठमाडौं, १ माघ । आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्दै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताईन् । उनले महानगरपालिकाले […]
दसैँ पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यति बेला भ्याइनभ्याइ छ ।
धनुषा, २४ कात्तिक । दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति) तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् । […]
मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]
मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उम्मेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।भर्खरै दसैं पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो […]
गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम सिमलटारीसम्म निकै चौडा र पिच सडक छ । जहाँ चौबीसै घण्टा गाडी कुँदी रहेका हुन्छन् । तर त्यहाँका कुमाल समुदाय तथा अन्य विपन्न बर्गका जनताहरु त्यहाँको तरकारी , फलफुल र सालका पात समेत डोकोमा बोकेर हिँड्दै सदरमुकाम तम्घास बेच्न ल्याउँछन्, हिँड्दै फर्कन्छन् ।उनीहरुलाई त्यो सडकले छोए पनि त्यसको सुविधाले छुन सकिरहेको छैन् । तर जब त्यसै पक्की सडकको छेउको छल्दीखोलामा दुई वर्ष अघि झोलुङ्गे
तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल बताउनुहुन्छ । ‘‘सानो हुँदा हजुरबा र हजुरआमाले अलिअलि बोलेको याद आउँछ पछि उहाँहरूले बोल्न छोड्नुभयो, हामीले जानेको पनि बिर्सियौं’’ कुमालले भन्नुभयो । बीरबहादुरको तीन पुस्ता सम्मकाले यो गाउँमा कुमाल भाषा बोल्दैनन् ।
आफूले निर्माण गरेका सामान बिक्री नहुँदा कुमार समुदायलाई जिवन चलाउन समस्या भोग्नु परेको बताएका छन् ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका कुमाल समुदाय समस्यामा परेका हुन् । आफूले बनाएका भाँडा बजारमा बिक्री गर्ने र त्यहीबाट आम्दानी भएको पैसाबाट जीविका चलाउँदै आएका उनीहरु बन्दका कारण भाँडा बेच्न […]