नेकपा एस छाडेका चुँडामणि जंगली एमाले प्रवेश

पोखरा । नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरे । एसमा स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए ।