इजरायलद्वारा सिरियामाथि हवाइ हमला, तीन सैनिकको मृत्यु

काठमाडौं : इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै हवाइ आक्रमण गरेको छ। आक्रमणमा तीन सैनिकको मृत्यु भएको सिरियाको रक्षा मन्त्रालयले दावी गरेको छ। यस घटनामा अरु सात जना घाइते भएका छन्। सिरियाली वायु रक्षाले गोलान हाइट्सबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको विज्ञप्तिमा उल्लेख छ। राजधानी दमास्कसमा यी विस्फोटको आवाज सुनिएको थियो। इजरायलले विगत एक दशकयता सिरियाली सेना, इरानी समर्थक मिलिशिया र हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएर सयौं आक्रमण गर्दै आएको छ। गत महिना, इजरायली

सम्बन्धित सामग्री

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको  छ। यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २० जना घा

युद्ध विराममै सुडानको राजधानी खार्तुममा हवाइ हमला

काठमाडौं : सुडानको राजधानी खार्तुममा युद्धविरामको अवस्थामा समेत हवाइ हमला भएको छ।नागरिकलाई भाग्न दिने उदेश्यले युद्ध विराम गरेको समयमा हवाई आक्रमणहरु भएको बीबीसीले उल्लेख गरेको छ। सेनाले आफ्नो अर्धसैनिक प्रतिद्वन्द्वी  र्‍यापिड सपोर्ट फोर्सलाई हटाउन सहरमा आक्रमण गरिरहेको बताएको छ। युद्धरत पक्षहरुले युद्धविराम थप तीन दिन लम्ब्याउने बताएपछि लडाइ चर्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ। सुडान द्वन्द्वमा परी ५ सय भन्दा बढी नागरिकको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको छ।लाखौं

युक्रेनी राजधानीमा रुसी सेनाद्वारा हवाइ आक्रमण

युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् । कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ । हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ …

युक्रेनी राजधानीमा हवाइ आक्रमण

कीभ, १८ पुस । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ । हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य […]

तालिबान भारततर्फ आए हवाइ हमला गर्न तयार छौं : योगी आदित्यनाथ

१५ कात्तिक, काठमडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारततर्फ तालिबान आउन खोजे आफूहरू हवाइ हमला गर्न तयार रहेको बताएका छन् । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आदित्यनाथले तालिबान भारतमा प्रवेश गर्न खोजे …

आईएसआईएसलाई ठेगान लगाउने भन्दै अफगानिस्तानमा अमेरिकाको हवाइ हमला

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई ठेगान लगाइदिने भन्दै हवाइ (ड्रोन) हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार काबुल एयरपोर्टमा भएको विस्फोटका मास्टरमाइन्ड ड्रोन हमलामा मारिएका छन् । यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ । शुक्रबार काबुल एयरपोर्टमा भएको हमलापछि अमेरिकाले बदला लिने चेतावनी दिएको थियो । काबुल बम विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको थियो । सो बिस्फोटमा १७० जनाको मृत्यु भइसकेको छ । जसमा १३ अमेरिकी सैनिक समेत रहेका छन् । यस्तै दुई ब्रिटिश नागरिकको पनि मृत्यु भएको छ भने १२ सय बढी म...

प्यालेस्टाइनमा इजरायली हवाई हमला, दर्जनौं हताहत

इजरायलले प्यालेस्टाइनमा हवाइ हमला गरेको छ। हमलामा दर्जनौं प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। जेरुसेलमको पूर्वी क्षेत्र अल अक्सामा गत शुक्रबारदेखि जारी झडपकै बीच प्यालेस्टाइनमाथि इजरायलले हवाई हमला गरेको हो। यसअघि प्यालेस्टाइनका चरमपन्थी संगठनहरूले इजरायलतर्फ रकेट आक्रमण गरेका थिए। सो हमलाको जवाफमा इजरायलले गाजापट्टीका कयौं स्थानमा बम बर्साएको हो। इजरायली सेनाले प्यालेस्टाइनी चरमपन्थी संगठन हमासका कम्तिमा ३ जना स्थानीय नेताहरूको मृत्यु भएको दा

म्यानमारमा हिंसा बढेसँगै हजारौँ थाइल्यान्ड भागे

अल जजिरा। गत फेब्रुवरी १ को ‘कु’यता जारी हिंसात्मक राजनीतिक आन्दोलनका कारण म्यानमारको करेन जनजातिहरू थाइल्यान्ड भागेका छन्। करेन आन्दोलनकारी र म्यानमार सैनिक थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्वरत भएपछि उनीहरू थाइल्यान्ड भागेका हुन्। शुक्रबार बिहानसम्म २,२६७ जना थाइल्यान्ड भागेका छन्। थाइ सीमामा म्यानमारका सेनाले आन्दोलनकारीमाथि हवाइ हमला पनि गरेको थियो।

'पूर्वी गुटामा दैनिक पाँच घन्टा गोलाबारी बन्द हुने'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारदेखि सिरियाको पूर्वी गुटा इलाकामा दैनिक पाँच घन्टा हवाइ हमला बन्द गरिने जनाएका छन्।